काठमाडौं । नेपालमा लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरु तयार भएका छन् । फिनल्याण्डसँगको व्यापार विषयमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको दुई देशबीचको वीटुवी छलफलमा फिनल्याण्डका उद्योगी व्यवसायीले सो कुराको जानकारी गराएका हुन् । कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदूत पेयरती एन्टिननले विगतदेखि नै नेपाल र फिनल्याण्डबीच आपसी सहयोग आदानप्रदान रहेको बताउँदै आगामी दिनमा यसलाई थप…