Logo

राजस्व सचिव ढुङ्गानाको गर्जन, भन्सारमा कर्मचारीले दुःख दिए मलाई फोन गर्नुस

राजस्व सचिव ढुङ्गानाको गर्जन, भन्सारमा कर्मचारीले दुःख दिए मलाई फोन गर्नुस



काठमाडौं । राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले भन्सारमा कसैले व्यवसायीलाई थर्काए सिधै आफुलाई गुनासो गर्न अनुरोध गरेका छन । विभिन्न मालसामानको ढुवानीमा व्यवसायीलाई भन्सारका कर्मचारीहरुले थर्काउने गरेको गुनासोपछि उनले आफुलाई फोन गर्न अनुरोध गरेका हुन ।

laxmi

बिहीबार उद्योग परिसंघ नेपालले गरेको कर दिवस सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भन्सारका कर्मचारीले कसैलाई थर्काउने छुट नभएको बताएका हुन । ‘भन्सारका कर्मचारीहरु सेवा गर्नका लागि राखिएका हुन,’ उनले भने, ‘सेवामा खटिएका .कर्मचारीहरुले नै त्यसो गरे सिधै मलाई फोन गर्नुस ।’

कार्यक्रममा व्यवसायीहरुले भन्सारमा सामान, उद्योगका लागि आवश्यक मेशिनरी तथा कच्चा पदार्थ आयात गर्दा भन्सारमा दुख हुनेगरेको गुनासो गरेका थिए । व्यवसायीका लागि समस्याको अर्काे नामनै भन्सार भएको ईन्दिरा सुगर मिलका संचालक सशीकान्त अग्रवालले जानकारी दिए । यस्तै अन्य व्यवसायीले पनि सोही अनुसार भन्सारमा उत्तीकै समस्या सिर्जना हुने गरेको बताए ।

राजस्व सचिव ढुङ्गानाले व्यवसायीलाई समयअनुसार आफुहरु विभिन्न कानुन तथा नियममा अपडेट भईरहन समेत निर्देशन दिएका छन । विभिन्न विषयमा पुरानै नियम भएको सम्झने केही व्यवसायीलार्य ईंगित गर्दै उनले समयअनुसार आफुलाई अपडेट रहन निर्देशन दिएका हुन । ‘तपाईँहरु आफ्नो क्षेत्रको बारेमा आएका नयाँ निति, नियम, कानुन लगायतमा अपडेट हुनु जरुरी छ,’ उनले भने, ‘तपाईहरु अपडेट नहुनु भनेको राष्ट्रको ईमेज नराम्रो हुनु हो, नेपालका नराम्रा कुरालाई मात्रै अन्तरराष्ट्रिय स्तरमा पुर्याउनु हो ।’

उनले व्यवसायीहरु समयानुकुल अपडेट नभएकै कारण विभिन्न नीति नियम बदलिएपनि सरकारलाई गाली गरिरहने र आरोप लगाईरहने प्रवृत्ति बढेको बताएका छन । कार्यक्रममा विभिन्न व्यवसायीहरुले विभिन्न विषयमा लिइएको करको सरकारले राम्रोसँग सदुपयोग गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL