Logo

नेपालमा लगानी गर्न फिनल्याण्ड तयार, लगानी गरेर उच्च प्रतिफल लैजान वाणिज्य सचिव अर्यालको आग्रह

नेपालमा लगानी गर्न फिनल्याण्ड तयार, लगानी गरेर उच्च प्रतिफल लैजान वाणिज्य सचिव अर्यालको आग्रह



काठमाडौं । नेपालमा लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरु तयार भएका छन् । फिनल्याण्डसँगको व्यापार विषयमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको दुई देशबीचको वीटुवी छलफलमा फिनल्याण्डका उद्योगी व्यवसायीले सो कुराको जानकारी गराएका हुन् ।

कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदूत पेयरती एन्टिननले विगतदेखि नै नेपाल र फिनल्याण्डबीच आपसी सहयोग आदानप्रदान रहेको बताउँदै आगामी दिनमा यसलाई थप विस्तार गर्न आफुहरु तयार रहेको बताए ।

विशेषगरी नेपालमा कृषि, पर्यटन तथा शिक्षा क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको उक्त कार्यक्रममा सहभागी फिनल्याण्डका उद्योगी व्यवसायीले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले नेपालका कृषि तथा पर्यटनको ठूलो सम्भावना रहेको र सो क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लैजान आग्रह गरे । साथै हाल दुईदेशबीच निर्यात व्यापारको अंश ठूलो नभएको जानकारी दिँदै आगामी दिनमा यसलाई प्रवद्र्धन गर्नुपर्ने उनको भनाई थियो ।

यसैगरी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैंकुण्ठ आर्यालले नेपाल लगानीको लागि भर्जिन ल्याण्ड भएको र बढिभन्दा बढि लगानी गरेर सोही अनुरुप मुनाफा लैजान आग्रह गरे । उनले देशमा स्थायी सरकार आएको र अबका दिनमा सोही अनुरुप स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग व्यवसायमा लगानी गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले पनि दुई दशेबीचको व्यापार विस्तारका लागि सोही अनुरुपका सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । साथै देशमा वैदेशिक लगानी भित्र्याउन सरकारले सोही अनुरुपको लगानीको वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL