काठमाडौं । भ्रमण बर्षको पूर्व सन्ध्यामा आइसिएफसि फाइनान्स, बौद्ध शाखाले बौद्ध, बौद्ध कराटे र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा सो क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले शनिबार बौद्धनाथ स्तुपा आसपासका क्षेत्रहरुमा सरसफाई अभियान कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रममा त्यस क्षेत्रका करिब १५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको जानकारी दिएको छ ।…