Logo

आइसिएफसि फाइनान्सद्धारा बौद्धनाथ क्षेत्रमा सफाई, क्रिकेट रंगशालालाई आर्थिक सहयोग

आइसिएफसि फाइनान्सद्धारा बौद्धनाथ क्षेत्रमा सफाई, क्रिकेट रंगशालालाई आर्थिक सहयोग



काठमाडौं । भ्रमण बर्षको पूर्व सन्ध्यामा आइसिएफसि फाइनान्स, बौद्ध शाखाले बौद्ध, बौद्ध कराटे र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा सो क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले शनिबार बौद्धनाथ स्तुपा आसपासका क्षेत्रहरुमा सरसफाई अभियान कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रममा त्यस क्षेत्रका करिब १५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको जानकारी दिएको छ ।


यसैगरी फाइनान्सको चितवन क्षेत्रका कर्मचारीहरुद्वारा चितवनमा निर्माणधिन गौतम बुद्घ अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग स्वरुप नगद रु. २५,००० आर्थिक सहयोग प्रदान गरिएको छ ।

शनिबार एक कार्यक्रमका बीच उक्त सहयोग रकम फाइनान्सका क्षेत्रिय प्रबन्धक अच्यूत पण्डितले धुर्मुस सुँतली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL