Logo

गरिमा विकास बैंकको शाखा धादिङवेशीमा, सो क्षेत्रको आर्थिक विकासमा भूमिका निभाउने

गरिमा विकास बैंकको शाखा धादिङवेशीमा, सो क्षेत्रको आर्थिक विकासमा भूमिका निभाउने



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडलले निलकण्ठ नगरपालिका धादिङ्गवेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले आइतबार गरेका हुन् ।

laxmi

उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पूँजी उपलब्ध गराई त्यस क्षेत्रको औधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताए ।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ५ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL