काठमाडौं । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। यसका लागि आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ५० करोड विनियोजन गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सबै समाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन् । आगामी आवमा ज्येष्ठ नागरिक मिलन केन्द्र वडासम्म विस्तार गर्ने सरकारी तयारी छ।…