Logo

सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’, २५ प्रतिशत डाउनपेमेन्टमै गाडी उपलब्ध हुने

सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’, २५ प्रतिशत डाउनपेमेन्टमै गाडी उपलब्ध हुने



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुनेगरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।

laxmi

कम्पनीको उक्त योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल ६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् ।

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८ दशमलव २५ प्रतिशत ब्याजदरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।

यो योजना ३२ साउनसम्म यानि ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL