Logo

एलजी नेपालको आधिकारीक वेबसाईट लन्च, सामानको जानकारीसँगै मूल्य तुलनासमेत गर्न सकिने

एलजी नेपालको आधिकारीक वेबसाईट लन्च, सामानको जानकारीसँगै मूल्य तुलनासमेत गर्न सकिने



काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाईट डब्लुडब्लुडब्लु डट एलजीनेपाल डट कम लन्च गरेको छ । उक्त वेबसाईट मार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारीका साथै तुलना पनि गर्न सक्ने बताएको छ । उक्त् वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउँन सक्नेछन् ।

laxmi

एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ । एलजीको उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहकवर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एलजीका उत्पादनहरु बुक पनि गर्न सकिनेछ ।

यस वेबसाईटले एलजीका सबै उत्पादनहरु जस्तै एलईडि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसि, एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।

उपभोक्ताहरुले आफ्नो नजिकैको एलजीको शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जिवनशैली सरल बनाउने लक्ष्यका साथ एलजीनेपाल डट कम वेबसाईट कम्पनिले ल्याएको र यसले एलजीका ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनिको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL