Logo

नयाँ स्कोडा र्यापिड टीएसआई नेपालमा सार्वजनिक, यस्तो छ बजारमूल्य

नयाँ स्कोडा र्यापिड टीएसआई नेपालमा सार्वजनिक, यस्तो छ बजारमूल्य



काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ र्यापिड टीएसआई नेपालमा सार्वजनिक गरेको छ । थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’सहितको नयाँ र्यापिड टीएसआई कम्पनीले आकर्षक मूल्यमा नेपालमा सार्वजनिक गरेको हो । नयाँ स्कोडा र्यापिड अघिल्लो पुस्ताको र्यापिडभन्दा पाँच लाख रुपैयाँ कम यानि ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो ।

उक्त नयाँ र्यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो । नयाँ पेट्रोल टीएसआईले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट–इन–क्लास’ हुन् । नयाँ र्यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ जुन १८.९७ किलोमिटर प्रति लिटर हो । अघिल्लो पुस्ताको र्यापिड १.६ एमपीआई को तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ । त्यसैगरी, नयाँ र्यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको छ । नयाँ र्यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनी पहिलेको भन्दा धेरै परिष्कृत छ ।

स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिन्छ जसकारण नयाँ स्कोडा र्यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ । साथै, नयाँ र्यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ । स्कोडाले पेसेन्जरको सुरक्षामा कुनै सम्झौता गर्दैन । त्यसैले, नयाँ र्यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन् ।

‘नयाँ स्कोडा र्यापिडबाट हामीले धेरै अपेक्षा गरेका छौं किनभने यो अद्वितीय ‘पर्फमेन्स’ र असाधारण ‘भ्यालु फर मनी’को गज्जबको प्याकेज हो,’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भन्नु भयो, ‘लकडाउन सकिएको अवस्थामा नयाँ र्यापिडलाई हेर्न र अनुभव गर्न हाम्रो सोरुममा आउने ग्राहकको संख्या एकदम बढिरहेको छ । हामीलाई विश्वास छ, नयाँ र्यापिडको टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकको मन पक्कै जित्नेछ ।’

ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरशिप कस्ट’ कम गर्न एमएडब्लुले नयाँ स्कोडा र्यापिड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ । ग्राहकले नयाँ र्यापिड किनेको चार वर्षसम्म मर्मतमा पैसा खर्च गर्नु पर्दैन । यसका साथै, चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्था समेत गरेको छ । उक्त नेपालमा सार्वजनिक गरिएको नयाँ र्यापिडको मूल्य भने मोडेलका आधारमा निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार नयाँ र्यापिड राइडरको मूल्य ३४ लाख ९० हजार रुपैयाँ पर्दा राईडर प्लसको मूल्य ३६ लाख ९० हजार पर्दछ । यस्तै एम्बिसनको मूलय ४३ लाख ९० हजार पर्दा ओनिक्सको मूल्य ४४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । साथै स्टाईलको मूल्य भने ५० लाख ९० हजार रुपैयाँ तोकिँदा मोन्टे कार्लाेको मूल्य ५१ लाख ९० हजार रुपैयाँ तोकिएको कम्नपीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL