Logo

एभरेस्ट बैंकको मुख्य कार्यालयका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि, अन्य शाखाबाट सेवा लिन आग्रह

एभरेस्ट बैंकको मुख्य कार्यालयका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि, अन्य शाखाबाट सेवा लिन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । एभरेस्ट बैंकको मुख्य कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको केन्द्रीय कार्यालयका १५२ जना कर्मचारीको पिसिआर परिक्षणमा २ जनाको पोजेटिभ देखिएको बैंकले जनाएको छ।

बैंकले अहिलेको महामारीको बेला ग्राहक र कर्मचारीलाई सुरक्षित बनाउन परिक्षण गरिएको र दुई जनाको पोजेटिभ देखिएको बताउँदै दुवै जनालाई कुनै लक्षण नदेखिएको र उनीहरु अहिले आफ्नै घरमा आइसोलेसनमा पठाइएको जानकारी दिएको छ ।

आइतबार बैंकको केन्द्रीय कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएको र बैंकले केन्द्रीय कार्यालयबाट दुई दिनका लागि सेवा बन्द गरेको छ । बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।

मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ । बैंकले आउँदा दिनमा बैंकका सबै शाखाका कर्मचारीहरुको पिसिआर परिक्षण गरेर बैंकको सेवा सुरक्षित बनाउने र ग्राहकको सुरक्षालाई प्रथामिकतामा राख्ने गरि बैंकले तयारी अगाडी बढाएको बताएको छ ।

साथै बैंकले दुई दिनका लागि लाजिम्पाटस्थित कार्यालय बन्द भएकाले ग्राहकले आफूलाई पायक पर्ने अर्को शाखाबाट सेवा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL