काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा जूनको सुरुदेखि ओरालो लागेको कच्चा तेलको मूल्य हालसम्म प्रति ब्यारेल ३० डलरले घटेको छ । मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी फेड रिजर्भलगायत धेरै देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन् । योसँगै अमेरिका र अन्य धेरै देशहरूमा मन्दी आउने सम्भावना छ । यसले आगामी दिनमा तेलको मागलाई असर गर्ने अपेक्षा गरिएको छ ।…