Logo

टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस ‘एक्सपी’ नेपालमा, यस्ता छन् विशेषता

टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस ‘एक्सपी’ नेपालमा, यस्ता छन् विशेषता



काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस ‘एक्सपी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा TVS SMARTXONNECTTM कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ ।

१२५ सिसि सेग्मेन्टमा १० पीएस भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ । जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।

हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलसले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ । ट्राइ–टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL