Logo

Global_Ime

साओमीको १३ मोडलका मोबाइल फोन छुटमा पाइने, कुनको मूल्य कति ?

साओमीको १३ मोडलका मोबाइल फोन छुटमा पाइने, कुनको मूल्य कति ?



काठमाडौं । स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुको मूल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर छुट अफर ल्याइएको कम्पनीले जनाएको छ ।

Laxmi_sunrise
Kumari

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट १२ सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर असोज २ गते देखि १७ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC