काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको अवसरमा बिहीबार ‘श्रम संसार पोर्टल’को औपचारिक शुभारम्भ गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको यो डिजिटल प्रणालीले श्रम तथा रोजगारसम्बन्धी सेवा, सूचना र अवसरलाई एकीकृत रूपमा जनताको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ। शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यो पोर्टल नागरिकको घरदैलोमै सेवा…