Logo

केटिएम हस्पिटालिटीले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

केटिएम हस्पिटालिटीले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त



काठमाडौं । केटिएम गु्रप होल्डिङ्ग्स अन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ। यस प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो। यस सम्बन्धी सम्झौता २०८२ साल असार १८ गते सम्पन्न भएको हो।

सम्झौतामा केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी श्री रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्र रमण खनालको विशेष उपस्थिति रहेको थियो।

केटिएम हस्पिटालिटीले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गत ‘द रोयल ट्युलिप चितवन’ नामक पाँचतारे लक्जरी रिसोर्ट सञ्चालनको तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This