काठमाडौं । विश्वप्रसिद्ध व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण आगामी साउन १७ गते देखि हिमालय टेलिभिजनमार्फत प्रशारणमा आउने भएको छ। नेपाली उद्यमशीलता क्षेत्रमा नयाँ उत्साह जगाउने अपेक्षा गरिएको यस शोको ‘पावर्ड बाइ’ प्रायोजकको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई सहभागी भएको छ।
शोको प्रमुख प्रस्तुतिकर्ता बनेको टीभीएस अपाचेले नेपाली युवा उद्यमीहरूलाई नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ। कम्पनीका अनुसार जस्तै अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र सन्तुलन प्रस्तुत गर्छ, त्यसैगरी शार्क ट्याङ्क नेपालले उदाउँदै गरेका नेपाली उद्यमीहरूलाई मार्गदर्शन, मेन्टरशिप र जीवन बदल्ने लगानीको अवसर प्रदान गर्नेछ।
शोको पहिलो सिजनमा नेपालका पाँचजना चर्चित उद्योगी तथा उद्यमी निर्णायकको रूपमा रहनेछन्। तीमध्ये आईएमई समूहका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य र निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगरिया रहेका छन्।
शोमा भाग लिने उद्यमीहरूको उत्साह र लगावसँग मेल खाने गरी डिजाइन गरिएको टीभीएस अपाचे आरटीआर १६० एसई मा मल्टिपल राइड मोड्स, टर्न(बाइ(टर्न नेभिगेसन, कल अलर्ट, फ्यूल डाटा, अटो क्यान्सल इन्डिकेटर लगायतका अत्याधुनिक सुविधा उपलब्ध छन्।
१६० सिसीको फोर–भाल्भ, अइल(कुल्ड इन्जिनमा रेस डेराइभ्ड प्रविधि जडान गरिएको यो बाइकले स्पोर्टी परफरमेन्स र द्रुत पिकअप प्रदान गर्छ। चाहे शहरको ट्राफिक होस् वा लामो दूरीको यात्रा, यसले शक्ति, सुविधा र शैलीको उत्कृष्ट संयोजन प्रदान गर्ने कम्पनीको दाबी छ।
नेपालमा टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरकका रूपमा जगदम्बा मोटर्स प्रालि कार्यरत रहेको छ। ११० डिलर र २८९ सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको कम्पनीले दशकभन्दा लामो समयदेखि दुई पाङ्ग्रे सवारीको बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।