Logo

यामाहाको ७० औं वार्षिकोत्सव नेपालमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

यामाहाको ७० औं वार्षिकोत्सव नेपालमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न



काठमाडौं । ग्लोबल मोटरसाइकल ब्रान्ड यामाहाले आफ्नो ७० औं स्थापना दिवस नेपालमा विविध सामाजिक र सन्देशमूलक कार्यक्रमहरूमार्फत भव्य रूपमा मनाएको छ। प्रत्येक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘यामाहा डे’ यस वर्ष ‘पुरानो र नयाँको सेतु, काण्डो एक्सनको माध्यमबाट’ भन्ने विश्वव्यापी नारासहित मनाइएको हो।

नेपालमा यामाहा ब्रान्डको आधिकारिक वितरक एमएडब्लू फाउन्डेसनको अगुवाइमा राजधानीको नक्सालस्थित यामाहा ब्लु स्क्वायर शोरूममा आयोजित रक्तदान कार्यक्रम, वृक्षारोपण अभियान, वृद्धाश्रममा सहयोगलगायत सामाजिक उत्तरदायित्वमुखी गतिविधिहरूले यो अवसरलाई विशेष बनाएका थिए।

यामाहाले ‘समाजलाई योगदान दिने’ दर्शन अन्तर्गत देशभरका शोरूमहरूमा केक काट्ने कार्यक्रम, ग्राहक र साझेदारहरूसँग अन्तरक्रिया, र स्नातक तहका विद्यार्थीहरूलाई लक्षित सडक सुरक्षा तालिम समेत सञ्चालन गर्याे ।
कार्यक्रमको अवसरमा एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘७० वर्षको यामाहाको यात्रामा हामी ४० वर्षदेखि सहयात्री छौं, जुन हाम्रो लागि गौरवको विषय हो। यामाहासँगको हाम्रो सम्बन्ध केवल व्यापारिक होइन, भावना र आत्मीयतासँग जोडिएको छ।’

अध्यक्ष अग्रवालले यामाहाले युवा पुस्ताका चाहना र प्राथमिकता अनुरूप सधैं इनोभेटिभ, स्टाइलिस र उत्कृष्ट सवारी साधन प्रस्तुत गर्दै आएको बताउँदै भविष्यमा पनि यो सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे।

यामाहाले नेपाली बजारमा माइलेज, स्टाइल र पर्फर्मेन्सका कारण लोकप्रियता कमाएको छ। ७१।३३ किलोमिटर प्रतिलिटर माइलेज दिने रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटरदेखि लिएर स्पोर्टी आर१५ भी४, एमटी–१५ भी२, एफजेड भी३, एड्भेन्चर राइडको लागि डब्लुआर १५५ आर, र दमदार स्कुटर एअरोक्स १५५ सम्मका मोडेलहरूले यामाहालाई अग्रणी स्थानमा उभ्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This