काठमाडौं । मुलुकको अर्थतन्त्र थप चलायमान बनाउने उपाय खोजीका लागि सरकारले मंगलबार निजी क्षेत्रसँग सुझाव लिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उद्योगी, व्यवसायीहरूको चिन्ताको विषयमा प्रधानमन्त्रीले उनीहरूलाई आश्वस्त पार्ने प्रयास गर्ने बताइएको छ । क्षेत्रगत छलफलपछि प्रधानमन्त्रीले सत्ता साझेदार दल र विपक्षी दलहरूसँग…