Logo

फेब्रुअरीमा साढे ९७ हजारले घुमे नेपाल, सबैभन्दा बढी भारतीय पर्यटक

फेब्रुअरीमा साढे ९७ हजारले घुमे नेपाल, सबैभन्दा बढी भारतीय पर्यटक



काठमाडौं । गएको फेब्रुअरी महिनामा झण्डै साढे ९७ हजार जना विदेशी पर्यटकले नपाल घुमेका छन् । अध्यागमन विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका हुन् ।

laxmi

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी २५ हजार ५ सय ७८ जना भारतीय पर्यटक नेपालमा आएका छन् । यस्तै यसै अवधिमा चीनबाट ९ हजार १ सय ८०, अमेरिकाबाट ९ हजार ८९, थाईल्याण्डबाट ४ हजार ७ सय ९९ र बेलायतबाट ४ हजार ५ सय ७१ जना पर्यटक नेपाल आएका छन् ।

फेब्रुअरीमा नेपालमा भित्रिएको पर्यटकको संख्या सन २०१९ यताकै उच्च हो । सन २०१९ को फेब्रुअरीमा १ लाख २ हजार बढी पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL