Logo

बैंकर पक्राउप्रति निजी क्षेत्रको आक्रोश – यसले सकारात्मक परिणाम दिँदैन

बैंकर पक्राउप्रति निजी क्षेत्रको आक्रोश – यसले सकारात्मक परिणाम दिँदैन



काठमाडौं । बैंकर पक्राउप्रति निजी क्षेत्रका छाता संगठन एक भएर आक्रोश व्यक्त गरेका छन । निजी क्षेत्रमा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बैंकर पक्राउ प्रति एक भएर आपत्ति व्यक्त गरेका हुन ।

laxmi

संगठनले पछिल्लो समय केहि समय यता बैंकिङ प्रणाली माथि भइरहेको आक्रमणले सकारात्मक परिणाम नदिने बताएका छन । ‘अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्छ तर बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भईरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्न सक्ने तर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं ।’ संगठनले जारी गरेको सूचनामा भनिएको छ ।

संगठनले बैंकिङ क्षेत्र सम्वन्धीत ऐन एवं नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशन भित्र रहेर बैंकिंङ कारोवार गर्दैै आइरहे संस्था रहेको जानकारी दिएको छ । ‘धितो मूल्यांकनलाई आधार बनाएन दिइएको कर्जाका सम्वन्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पक्राउ गरिएको घटनाले हामी सरोकारवाला निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वैंक वित्तीय संस्थाहरुले विद्यमान ऐन तथा केन्द्रीय बैंकवाट जारी भएका निर्देशनहरुको अधिनमा रही आ–आफ्ना नीति तथा कार्यविधी बमोजिम आ–आफ्ना अधिकार क्षेत्र भित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्ने कार्य संचालन गरि आएका संगठनको बुझाई छ । बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्वन्धी निर्णय गर्दा सवै कर्मचारी तथा संचालक समितिले तोकिएको सिद्धान्त, विधी एवं नियमकै पालना गरी असल नियतवाट कार्य गर्ने गरेको संगठनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL