काठमाडौं । नेकपा एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनले अर्थमन्त्रीमा वर्षमान पुनलाई नियुक्त गरेको छ । अर्थमन्त्रीमा नियुक्त भएका पुनका अगाडि चुनौतीका चाङ छन् । हाल देशको आन्तरिक अर्थतन्त्र मन्दीमा छ । मन्दीमा रहेको अर्थतन्त्रलाई सुधार गर्न अर्थमन्त्री पुनले निकै मेहनत गर्नुपर्ने छ । निजी क्षेत्रदेखि आम जनतासम्म असन्तुष्ट रहेको वर्तमान अवस्थामा अर्थमन्त्री पुनले सबैलाई विश्वस्त पार्दै…