Logo

वित्तीय विवरण नबुझाउने ३० इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको अल्टिमेटम, सात दिनमा नबुझाए लाईसेन्स खारेज

वित्तीय विवरण नबुझाउने ३० इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको अल्टिमेटम, सात दिनमा नबुझाए लाईसेन्स खारेज



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने ३० कम्पनीलाई सात दिन भित्र दिनभित्र सम्पर्क गर्न अल्टिमेटम दिएको छ ।

laxmi

दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमति पत्र प्राप्त तीस कम्पनीले नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम समयमा नबुझाएको कारण सात दिन भित्र सम्पर्गमा आउनको लागि अल्टिमेटम जारी गरेको हो ।

प्राधिकरणले पटक–पटक सम्पर्ग गर्दा पनि ३० कम्पनी सम्पर्गमा नआए पनि प्राधिकरणले ७ दिनभित्र प्राधिकरणमा सम्पर्क आउन अल्टिमेटम दिएको हो । प्राधिकरणले तोकिएको अवधिभित्र सम्पर्कमा नआउँने कम्पनीको अनुमतिपत्र (लाईसेन्स) २०५३ बमोजिम खारेजी गर्ने प्रक्रिया अगाडी बढाइने जानकारी दिएको छ ।

सयममा वित्तीय विवरण नबुझाउने कम्पनी

प्रतिक्रिया दिनुहोस्
MBL