Logo

सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा, चाँदीको मूल्य पनि उच्च

सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा, चाँदीको मूल्य पनि उच्च



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको हो ।

laxmi

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गएको शुक्रबार मात्रै नेपाली बजारमा सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यसरी एक दिनमै सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्दै उच्च विन्दुमा पुगेको हो ।

यससँगै चाँदीको मूल्य पनि सोही अनुसार उकालो लागिरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।

प्रतिक्रिया दिनुहोस्
MBL