काठमाडौं । साताको दोस्रो कारोबार दिन 'सोमबार' नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आईतबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर कर्जाको जोखिमभार घटाएपनि त्यसको प्रत्यक्ष प्रभाव सोमबारको सेयर बजारमा नदेखिएको हो ।सोमबार सेयर बजार खुल्दा सुरुमा निकै उत्साह देखिएपनि अन्तिममा भने घटेर बन्द भएको हो । आज…