काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सीसीएस–दुई चार्जिङ स्टेशन स्थापना गरेको छ।
उक्त चार्जिङ स्टेशनको स्थापना दुर्गम तथा चुनौतीपूर्ण भौगोलिक स्थानमा ईभी पूर्वाधार विस्तारतर्फको महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ। यसले पर्यावरणमैत्री यातायात प्रणालीलाई देशव्यापी रूपमा प्रवर्द्धन गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेशन केवल प्रविधिगत सफलता मात्र नभई, विद्युतीय सवारी विकासको दिशामा लिएको ठुलो कदम हो। अब ईभी प्रयोगकर्ताहरूले त्यहाँसम्म सुरक्षित यात्रा गर्न सक्नेछन्, जसले हरित नेपाल निर्माणमा थप योगदान पुर्याउनेछ।
एमएडब्लू वृद्धिले हालसम्म देशभर ११६ वटा स्थानमा सीसीएस–दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ, जसले सहरी क्षेत्रदेखि दूरदराजसम्मका यात्रुहरूलाई भरपर्दो सेवा प्रदान गर्दै आएको छ।
यो प्रयासले केवल ईभी पूर्वाधार सुदृढीकरणमा मात्र होइन, पर्यावरण संरक्षण, दिगो पर्यटन प्रवर्द्धन, र सरकारी नीतिहरूको कार्यान्वयनमा समेत टेवा पुर्याउने कम्पनीको विश्वास छ।
चार्जिङ स्थान तथा नेटवर्कसम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइटमा जानकारी उपलब्ध गराइएको छ।