काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर कर्जामा लाग्दै आएको जोखिम भार घटाएको हो।
यसअघि सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत रहेकोमा त्यसलाई घटाएर १०० प्रतिशतमा झारेको हो। कुनै समय सेयर बजार उच्चरुपमा बढ्दा जोखिम पनि उत्तिकै भएकाले लगाइएको जोखिम भार अहिलेको घट्दो बजारमा घटाइएको हो।
यससँगै बैंकहरुले सेयर धितो कर्जा न्तर्गत प्रवाह गर्ने कर्जाको क्षमता बढ्ने र जसमार्फत लगानीकर्ताहरुमाझ सकारात्मक सन्देश जाने सम्बन्ध लगानीकर्ताहरू बताउँछन्। यसले आगामी दिनमा लामो समयदेखि रुमलिँदै आएको नेपालको सेयर बजारले गति लिने सम्बन्ध लगानीकर्ताहरूको भनाइ छ।