Logo

मौद्रिक नीतिको नयाँ व्यवस्थाले पनि सेयर बजारमा ल्याएन उत्साह

मौद्रिक नीतिको नयाँ व्यवस्थाले पनि सेयर बजारमा ल्याएन उत्साह



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आईतबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर कर्जाको जोखिमभार घटाएपनि त्यसको प्रत्यक्ष प्रभाव सोमबारको सेयर बजारमा नदेखिएको हो ।
सोमबार सेयर बजार खुल्दा सुरुमा निकै उत्साह देखिएपनि अन्तिममा भने घटेर बन्द भएको हो । आज परिसुचक ५.२१ अंकले घट्दै २६ सय ७४ को विन्दुमा झरेर बन्द भएको छ ।

आज कुल ३ सय ३७ कम्पनीका १ करोड ७१ लाख ६० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५८ करोड ५० लाख २२ हजार माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ५५ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्