Logo

सेयर सूचीकरणसम्बन्धी समाचारमा पियोर इनर्जीको खण्डन, समाचार हटाउन मिडिया हाउसलाई धम्की

सेयर सूचीकरणसम्बन्धी समाचारमा पियोर इनर्जीको खण्डन, समाचार हटाउन मिडिया हाउसलाई धम्की



काठमाडौं । पियोर इनर्जी लिमिटेडले बिजखबर डटकममा आइतबार प्रकाशित कम्पनीका बारेको समाचारको खण्डन गरेको छ । सो कम्पनीले ‘नेप्से र अक्षय गोल्यानको मिलेमतोमा पियोर इनर्जीमा लगानीकर्ताको सम्पति बन्धक, ठगी गर्ने बाटो बन्द हुँदा सूचीकरण गर्न आनाकानी’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै सोमबार खण्डन गरेको हो ।

कम्पनीले पठाएको खण्डनमा प्रकाशित समाचारमा कम्पनी तथा य कम्पनीका संचालक अध्यक्ष अक्षय गोल्याणलाई लक्षित गरी तथा निजको तस्विर समेत प्रकाशन गरी बिल्कुलै निराधार र तथ्यहिन समाचार प्रकाशन गरेकोप्रति कम्पनीको गम्भीर आपत्ति रहेको उल्लेख छ ।

उक्त समाचारमा यस कम्पनी तथा यस कम्पनीका संचालक अध्यक्षले नेप्सेसँग मिलोमतो गरी लगानीकर्तालाई ठगी गर्ने आसय राखी एउटामात्र इन्टरनेशनल सेक्युरिटी आइडेटिफिकेशन नम्बर (आइजीएन) दिन नेप्सेसँग लविङ गरेको र लकइन अवधि पुरा हुनु पूर्व नै किस्ता किस्तामा संस्थापकको शेयर बाहिरर्याउने नियतले कम्पनी शक्तिकेन्द्र धाउँदै आएको उल्लेखित भएको तथा अन्तत कम्पनीले कानूनको उल्लंघन गरी एउटा मात्रै आइजीएन नं. को माग गरेको भान हुने गरी उक्त समाचार प्रकाशन भएकोमा सो विषय गलत रहेको कम्पनीको खण्डनमा छ । ‘यस कम्पनीले प्रचलित धितोपत्र सम्बन्धी कानूनको पूर्ण पालना गरी आफ्नो शेयरको सर्वजनिक निष्काशन गरेको हो । साथै, कानून बमोजिम नै यस कम्पनी धितोपत्र बजारमा सूचीकरण हुने प्रक्रियामा रहेको छ’, पत्रमा उल्लेख छ ।

यस्तो छ खण्डन

पियोर इनर्जीले समाचार कम्पनीको सेयर सुचीकरण हुन लागेको संवेदनशील समयमा कम्पनीको प्रतिष्ठामा गम्भीर आँच पुर्याउने र लगानीकर्तामाझ भ्रम सिर्जना गर्ने नियतले प्रकाशन गरिएको प्रष्ट हुनेसमेत खण्डनमा उल्लेख गरेको छ । यसका साथै कम्पनीले २४ घण्टाभित्र समाचार हटाउनुका साथै माफी माग्नसमेत बिजखबर डटकमलाई धम्की दिएको छ ।

(समाचार तथ्यमा आधारित रहेको र तथ्य प्रमाणहरु हामीसँग सुरक्षित रहेको पनि जानकारी गराउँछौं)–सम्पादक

प्रतिक्रिया दिनुहोस्