काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्रविधिकहरूको उत्सव स्वरूप बहुप्रतिक्षित राष्ट्रिय सेवा कौशल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरूले प्रतियोगितामा सहभागी भई यामाहाको सेवा सञ्जालको उच्चस्तरीय प्रतिनिधित्व गरेका थिए। काठमाडौंस्थित यामाहा तालिम केन्द्रमा सम्पन्न यस प्रतियोगिता सहभागीहरूलाई यामाहाको सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विविध सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो। सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान चुनौती, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गर्दै आफ्नो गहिरो ज्ञान, दक्षता र सटीकताप्रतिको समर्पण प्रस्तुत गरेका थिए।
कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका विजेताहरूमा सुकदेव कुमार माझी (बि एण्ड बि अटो ट्रेडर्स, विराटचोक) विजेता घोषित भए भने रोनित श्रेष्ठ (तिरुपति अटो प्यालेस, विराटनगर) प्रथम उपविजेता बने। दोस्रो उपविजेता पुरस्कार दुई जनाले साझा रूपमा जिते, जसमा सागर त्वाती (जेएस अटोमोबाइल्स प्रालि, सतुंगल) र बिनोद चौधरी (जीएसएस ट्रेडर्स, लम्की) रहेका छन्।
उनीहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। यामाहा नेपाल अन्तर्गत एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले कार्यक्रममा सहभागी सबै प्रविधिकहरूलाई बधाई दिंदै यामाहाले जनशक्तिमा लगानी गर्दै उनीहरूलाई आवश्यक उपकरण, तालिम र अवसरहरू प्रदान गर्न निरन्तरता दिने प्रतिबद्धता जनाए ।
उहाँका अनुसार यामाहा एउटा ब्रान्ड मात्र नभई, नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो र त्यसको पछाडि रहेका दक्ष प्रविधिक नै हरेक सफल यात्राको आधार हुन्। यस प्रतियोगिताले यामाहा नेपालको नवप्रवर्तन, तालिम र जनशक्ति विकासमा केन्द्रित दृष्टिकोणलाई अझ बलियो बनाएको छ। यामाहा नेपाल जापानी प्रविधिमा आधारित, भरपर्दो सेवा र सशक्त आफ्टर सेल्स सर्भिसमार्फत प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्चतम मापदण्ड कायम राख्दै आएको छ। प्रतिस्पर्धा मात्र नभई सिकाइ र विकासको यो यात्रा यामाहा ब्रान्डप्रति विश्वास र प्रतिबद्धताको गहिरो प्रमाण बनेको छ।