काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्रदूषण न्यूनीकरणको लागि सवारी साधनमा युरो–६ मापदण्ड लगाउने तयारी भइरहेको जानकारी दिए । राष्ट्रियसभामा आज उठेका प्रश्नको जवाफ दिँदै उनले सवारी साधनमा युरो–६ मापदण्ड लागू गर्ने तयारी भइरहेको बताए । ‘काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजना तर्जुमा गरी कार्यान्वयन भइरहेको र हाल यसको समयसापेक्ष संशोधनको प्रक्रियामा…