Logo

हस्तकला व्यापार मेलामा अवलोकनकर्ताको भीड, डेढ करोडको कारोवार

हस्तकला व्यापार मेलामा अवलोकनकर्ताको भीड, डेढ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगितामा देैनिक जसो अवलोकनकर्ताको भीड बढेको छ । शनिबार ३० हजारभन्दा बढी अवलोकनकर्ता आएकोमा आज पनि झण्डै २० हजार अवलोकन कर्ताले अवलोकन गरेका आयोजकले जानकारी दिएको छ ।

मेलामा विभिन्न किसिमका हस्तकलाका सामग्री अवलोकन गर्नुका साथै खरिद गर्ने क्रम बढेको छ । आजैमात्र डेढ करोड रुपैयाँभन्दा बढीको सामान विक्री भएको आयोजकको दावी छ ।

मेलाको तेस्रो दिन ‘नेवा डे’ को आयोजना गरिएको थियो । जसमा नेवारी संस्कृति झल्किने डाफा भजन, नौ बाजा, अष्टमातृका नाच र धिमे नाच प्रस्तुति गरिएको थियो भने सोमबार थारु संस्कृति अनुसारको कार्यकमहरु प््रास्तुति गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL