तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा देशमा ठूला वैदेशिक लगानी भित्र्याई पूर्वाधार निर्माणमा सहयोग पुर्याउने उद्देश्य अनुरुप लगानी बोर्डको गठन गरिएको थियो । बोर्डले यसअघि केहि महत्वपूर्ण लगानी भित्राएपनि यसको अपेक्षा अनुसार काम हुन नसकिरहेको टिप्पणी सुनिन्छन् । बोर्डकै स्थापना पछि पनि लगानीमा सरकारले अपनाएको एकद्वार नीति अझै लागु हुन सकेको छैन । कतिपय विदेशी…