Logo

एलजीको खरिदमा छुटै छुट, एउटा किन्दा अर्को सितैमा

एलजीको खरिदमा छुटै छुट, एउटा किन्दा अर्को सितैमा



काठमाडौं । एलजी ब्राण्डले एलजीको खरिदमा उपहार योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७५ लाई लक्षित गरी ल्याएको योजनामा ३० प्रतिशत छुट तथा ४ वर्षे वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले छुट संगै ५५ इन्च भन्दा माथीको ओएलइडी तथा सुपर यूएचडी टिभिको खरिदमा एसएच ४ साउण्डबार साथै ५५ र ४९ इन्चको युएचडी टिभिको खरिदमा एलएच ६४ होम अडीयो प्राप्त गर्न सकिने जानकारी गराएका छन । साथै नर्मल र स्मार्ट टिभिको खरिमा ४ वर्षे वारेण्टी प्राप्त गर्न सकिनेछ ।

त्यस्तै एलजी होम अप्लाएन्स अफर अन्तर्गत साइड वाइ साइड रेफ्रिजेरेटरको खरिदमा एलजी भ्याकुम ल्किनर, डबलडोर रेफ्रिजेरेटरको खरिदमा केन्टको पिज्जा तथा अम्लेट मेकर लगायतका उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL