नेपालमा राजनीतिक लडाईको नाममा उत्पादनशिल क्षेत्रलाई कमजोर बनाइयो । नेपालका उद्योगहरुको उत्पादन क्षमता घटेर एकदमै तल झरे भने कतिपय उद्योगहरु बन्द हुन पुगे । उत्पादन क्षमता भएका ठूला उद्योगहरु पनि भारतको गैर कर अवरोधका कारण निर्यात गर्न नसक्ने अवस्थामा छन् । भारतमा नेपालको सहज निर्यातको अवस्था नभएका कारण हामीले ठूलो मात्रामा व्यापार घाटा भोग्दै आएका…