Logo

नेप्सेमा सुरु भयो च्याखे दाउ, छिनछिनमा दोहोरो अंकको घटवढ

नेप्सेमा सुरु भयो च्याखे दाउ, छिनछिनमा दोहोरो अंकको घटवढ



काठमाडौं । लामो समय संघर्षरत नेप्से परिसुचक बढ्न थालेसँगै च्याखेदाउ सुरु भएको छ । सोमबार बजार खुलेदेखि नै च्याखेथाप्ने खेल सुरु भएको छ ।

बजार खुलेको १५ मिनेटमै २१ अंकको बढ्न पुगेको नेप्से परिसुचक त्यसको १५ मिनेटमा २४ अंकले ओरालो लाग्दै अघिल्लो दिनकोभन्दा करिब ३ अंकले घट्न पुग्यो । त्यसलगत्तै बढ्न सुरु गरेको बजारले आघा घण्टाकोबीचमा २५ अंकको उचाई लिँदै नेप्से परिसुचक १ हजार ३ सय १६ अंकमा पुगेको थियो भने त्यसपछि पुनः घट्न सुरु गरेको छ ।

बजार छिनछिनमा घटवढ गराएका केही लगानीकर्ताले चलखेल गर्न सुरु गरेको एक लगानीकर्ताले जानकारी दिए । बजारमा पछिल्लो समय कारोबार रकम र नेप्से परिसुचक दुबै बढेपनि छिनछिनमा हुने घटवढले साना तथा सर्वसाधारण लगानीकर्ता फसाउने काम भएको सम्बद्ध लगानीकर्ताहरुकै आरोप छ ।

अहिले बजार क्षणिक रुपमा बढाएर साना लगानीकर्ता अकर्षित गर्ने दाउमा केही लगानीकर्ता लागेका छन् । यस्ता खालका बृद्धिका साधारण लगानीकर्ताहरु बढी मारमा पर्ने नेपाल इन्भेष्र्स फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । अहिले बजारमा जुन किसिमको घटवढ भएको छ यसबाट केही लगानीकर्ता र ब्रोकर बाहेक अरुले नकमाउने समेत उनको तर्क थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL