Logo

नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित, दाहालले ६६० मत पाउँदा कँडेलले पाए ६८ मत

नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित, दाहालले ६६० मत पाउँदा कँडेलले पाए ६८ मत



काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित भएका छन् । नाडाको ४१ औं साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरको हो ।

दाहालले आफ्ना प्रतिस्पर्धी रामप्रसाद कँडेललाई भारी मतान्तरले पराजित गरेका हुन् । दाहालले ६ सय ६० मत ल्याउँदा कँडेलले जम्मा ६८ मत मात्र प्राप्त गरेका थिए  । नाडामा कुल साढे ८ सय मतदाता रहेकोमा ७ सय ५२ मत खसेको थियो ।

आज भएको नाडाको निर्वाचनमा दाहालको प्यानल नै निर्वाचित भएको छ । नाडाको कुल १४ जनाको केन्द्रिय सदस्यमा सबै जना दाहाल प्यानलबाटै भएको नाडाको महासचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

दाहाल प्यानलबाट सदस्यहरुमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योति, सुनील रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र नीलमणि पाठक (राम) निर्वाचित भएका छन् ।

नाडाको उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी भने नाडाको कार्यसमिति भित्रबाटै चयन गर्ने प्रावधान रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL