काठमाडौं । हिमालयन बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरेको हो । बैंकले, कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो,…