Logo

कलङ्की अन्डरपास दशैं अघी संचालनमा नआउने निश्चित, सरकारी ढिलासुस्तीले यात्रुलाई घण्टौं जाम

कलङ्की अन्डरपास दशैं अघी संचालनमा नआउने निश्चित, सरकारी ढिलासुस्तीले यात्रुलाई घण्टौं जाम



काठमाडौं । कलङ्की अन्डरपास दशैंभन्दा अघी सञ्चालनमा नआउने पक्का भएको छ । काठमाडौंबाट सबैभन्दा धेरै सवारीसाधनको आवतजावत हुने उक्त नाकाको अन्डरपास संचालनमा नआउँदा हाल सवारीसाधनहरु उक्त स्थानमा घण्टौं जाममा बस्नुपर्ने अवस्था छ ।

चक्रपथ सुधार आयोजनाका ईन्जिनियर निरन्जन शर्मा अर्यालले अबको केहीदिनमा संचालनमा ल्याउने गरी काम अघि बढाईएको जानकारी दिए । उनका अनुसार हाल पीच गर्ने काम सकिएको छ । पीचको काम सकिएसँगै अन्डरपासको साईडमा प्लास्टर गर्ने, गाडी गुडाउँदा उप्किएको टाल्ने, केही दबिएको भागलाई पुर्ने लगाएतका कामहरु भईरहेको छ । साथै उक्त काम सक्न कम्तीमा ३ देखि ४ दिन लाग्ने भएकाले दशैं अगावै उक्त अन्डरपास सञ्चालनमा ल्याउन नसकिने उनको भनाई छ ।

यसका साथै उनले सकेसम्म दशैं अगावै अन्डरपास संचालनमा ल्याउनका लागि कार्य अगाडी बढाउने बताए । ‘यसलाई चाँडै नै संचालनमा ल्याउनका लागि आज दिउँसो चिनियाँ पक्ष र आयोजनाका प्रतिनिधिबीच बैठक बस्दैछ’, उनले भने । ‘उक्त बैठकको निर्णय अनुसार हामीहरु काम गर्दै चाँडो भन्दा चाँडो संचालनमा ल्याउने तयारी गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL