काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को १०८ औं सम्मेलनमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल त्यसतर्फ प्रश्थान गरेको छ । नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विजरल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलको रुपमा महासंघको प्रतिनिधिमण्डलपनि त्यसतर्फ प्रस्थान गरेको हो । आइएलओको शतवार्षिकी कार्यक्रम विशेष समारोहका बीच सोमबार जेनेभामा आयोजना हुंदैछ भने…