Logo

लालबन्दी–निजगढ रेलमार्ग टेण्डरमा परेन आवेदन, पुन म्याद थप गर्दै विभाग

लालबन्दी–निजगढ रेलमार्ग टेण्डरमा परेन आवेदन, पुन म्याद थप गर्दै विभाग



काठमाडौं । लालबन्दीदेखि निजगढसम्मको रेलमार्गको लागि टेण्डर खुलाएको रेल विभागले निर्धारित समयसम्म पनि आवेदन नपरे पछि पुन समय थप गरेको छ । निर्माण ब्यवसायीहरुको आन्दोलनले गर्दा उक्त टेण्डरको लागि एउटा पनि आवेदन नपरे पछि समय थप गर्नु परेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

laxmi

विभागले उक्त रेल मार्गको निर्माणका लागि अन्तिम समय बुधबार हुने गरी टेण्डर आह्वान गरेको थियो तर सो समय सम्म पनि आवेदन नपरे पछि एक हप्ताको लागि समय थप गरेको हो । उनका अनुसार थपेको समय सिमा सम्म पनि आवेदन नपरे पुनसमय थप्दै जाने मिश्रले जानकारी दिएका छन ।

बिभिन्न कारणले समयमै टेण्डर गर्न नसकेको विभागले पछिल्लो समयमा टेण्डर गरे पनि ब्यवसायीको आन्दोलनका कारण उक्त रेलमार्ग निर्माणमा ढिलाई हुने भएको छ । त्यस्तै जनकपुर जयनगर रेलमार्गमा भने रेल संचालनको अन्तिम तयारीमा रहेको विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त रेलमार्गमा रेल संचालन गर्न नयाँ रेल खरिद गर्नु पर्ने भएकाले सम्झौता भई सकेको र नयाँ रेल बन्दै गरेको विभागले जानकारी दिएको छ ।

काठमाडौं केरुङ रेलमार्गको भने जुन भित्रै अर्को छलफल गर्ने तयारी भईरहेको मिश्रले जानकारी दिएका छन । सरकारले २ बर्ष भित्रै विस्तृत परियोजना प्रतिवेदन अध्ययन (डीपीआर) तयार गर्ने गरी बजेट विनियोजन गरेको छ । सोही अनुसार नै काम गर्न जुन महिना भित्रै छलफलको तयारी गर्ने गरी काम भईरहेको मिश्रले जानकारी दिएका छन ।

काठमाडौं रक्सौलको भने पूर्व सम्भाब्यता अध्ययनको रिर्पोट परराष्ट्र मन्त्रालयमा आईसकेको मिश्रले जानकारी दिएका छन । उनका अनुसार मन्त्रालयमा उक्त रिर्पोट आए पनि विभागमा भने आईनसकेको र केही दिनमानै आईपुग्ने मिश्रले बताए ।

उक्त रिर्पोट आईसके पछि मात्रै विस्तृत परियोजना प्रतिवेदन अध्ययन (डीपीआर) को तयारीमा लाग्ने विभागको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL