काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम स्थगित भएको छ । विमानस्थल निर्माणमा चाहिने आवश्यक नदीजन्य पदार्थको अभाव भए पछि निर्माणकार्य स्थगित गर्नु परेको आयोजनाले जानकारी दिएको छ । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले गर्दा निर्माण कम्पनीले नदीजन्य पदार्थ निकाल्न नपाएपछि काम ठप्प हुने अवस्थामा पुगेको हो ।…