Logo

कोरोना कहर : एकैदिन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धिको रेकर्ड, बिहीबार २ लाख ८ हजार संक्रमित थपिए

कोरोना कहर : एकैदिन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धिको रेकर्ड, बिहीबार २ लाख ८ हजार संक्रमित थपिए



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । विहिबार कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको छ ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विहिबार अहिलेसम्मकै धेरै २ लाख ८ हजार ८ सय ६१ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५५ जनाको मृत्यु भएको छ ।

विश्वभर हालसम्म संक्रमितको संख्या १ करोड ९ लाख ८४ हजार ७३५ पुगेको छ । मृत्यु हुनेको संख्या ५ लाख २३ हजार १७७ छ । संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ६१ लाख ३४ हजार ६१५ पुगेको छ भने ४३ लाख १३ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL