Logo

खुल्यो यौनबजार, किस गर्न र मास्क खोल्न नपाईने

खुल्यो यौनबजार, किस गर्न र मास्क खोल्न नपाईने



काठमाडौं । विश्वभर लागु गरिएका लकडाउनका बन्द भएको यौन व्यवसाय पुनः खुला गरिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वेश्यालय र रेडलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् ।

laxmi

यी देशमा अब यौनकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् ।

थाइल्याण्डको राजधानी बैंककको रेडलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ । थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्रमणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन् । बैंकक पोष्टबाट

प्रतिक्रिया दिनुहोस्
MBL