काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महासंघ सचिवालयमा सोमबार भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरे । रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै, कोरोना कहरको विषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम संचालन गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए…