Logo

अस्थिर लगानीकर्ताका कारण जुवाघरमा परिणत हुँदै नेप्से, नियामकलाई देखाएर बजारमा चलखेल

अस्थिर लगानीकर्ताका कारण जुवाघरमा परिणत हुँदै नेप्से, नियामकलाई देखाएर बजारमा चलखेल



काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डका कारण बजार अस्थिर भएको भन्दै बोर्ड नै घेराउन गर्न पुगेका लगानीकर्ताहरु सीमित नेताहरु शुक्रबार नेपाल राष्ट्र ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण बजार घट्ने भन्दै ज्ञापन पत्र बुझाउन दौडिए । बजारमा लगानीकर्ताका सीमिति स्वघोषित लगानीकर्ताले अनावश्यक हल्ला फैल्याएकै कारण आईतबार हालसम्मकै सबैभन्दा बढी १२३ अंकले नेप्से परिसूचक घट्न पुग्यो ।

laxmi

सेयर बजारमा आफुले लगानी गरेको कम्पनीको प्राविधिक पक्ष विश्लेषण भन्दा पनि अरुले गरेको हल्लाको पछि लाग्ने लगानीकर्ताको बाहुल्यता रहँदा नेप्से परिसूचकमा बढी प्रभाव पर्ने गरेको छ । शुक्रबार राष्ट्र बैंकले कुनै निर्णय नै नगर्दा मौद्रिक नीतिको पुनरावलोकन शब्दको अपब्याख्या गर्दै लगानीकर्ताले स्वघोषित नेताहरुले बजारमा अनावश्यक हल्ला फैलाउँदा बजारमा उच्च गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

तर, त्यसकै भोलिपल्ट अर्थात सोमबार राष्ट्र बैंकले आफुले हाल कुनै निर्णय नगरेको र लगानीकर्ताकै नेताहरुले बजारमा अपब्याख्या गरेर अनावश्यक हल्ला फैल्याएको जानकारी दिएसँगै नेप्से परिसूचक पुनः ७२ अंकले बढ्दै २ हजार बिन्दु माथि उक्लियो । ‘बजारमा प्राविधिक पक्ष बुझेर लगानी गर्ने लगानीकर्ता भन्दा पनि हचुवाको भरमा लगानी गर्ने अस्थिर लगानीकर्ता हुँदा नेप्से परिसुचकमा दैनिक उच्च गिरावट आउन थालेको छ,’ एक ठूला लगानीकर्ताले भने, ‘अहिले लगानीकर्ताका स्वघोषित नेताहरु बजार अस्थिर भयो भन्दै आन्दोलन तथा ज्ञापन पत्र बुझाउँदै हिडेका छन् त्यो एकदमै गलत छ ।’

नेप्सेमा सोमबार जीवन बीमा समुहको परिसुचक करिव ७ सय अंकले उकालो लागेको छ भने बजारलाई प्रतिनिधित्व गर्ने बैंकिङ समुहको परिसुचक ३१.९१ अंकले मात्रै उकालो लागेको छ । बजारमा कुनै पनि समुहको समग्र कम्पनीको सेयर मूल्यमा वृद्धि भन्दा पनि कुनै एक कम्पनीमा भएको मूल्य वृद्धिका कारण परिसूचक बढ्दा त्यसले साना र हल्लाको पछि लाग्ने लगानीकर्ताहरु फस्ने डर भएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

अर्कोतर्फ बजारमा दैनिक ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएसँगै धितोपत्र बोर्डले स्रोतको छानविन गर्ने जानकारी दिएको थियो भने नेपाल राष्ट्र बैंकले पनि उद्योग व्यवसायमा प्रबाह भएको कर्जा समेत सेयर बजारमा भित्रिएका आशंकामा अनुगमन गर्ने मौद्रिक नीतिमार्फत जानकारी दिएको छ । जसका कारण आईतबार बजारमा उच्च गिरावट आएको थियो । त्यसले पनि बजारमा स्रोत नखुलेको रकम (कालोधन) र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा प्रबाह भएको कर्जा समेत सेयर बजारमा भित्रिएको प्रस्ट हुने एक लगानीकर्ताले जानकारी दिए ।

सोमबार निर्जीवन बीमा समुहको परिसुचक ४०५ अंकले बढ्दा उत्पादनमुकल समुह २२४, माईक्रोफाइनान्स १२७, व्यापार १३० र जलविद्यत समुहको परिसुचक ९८ अंकले उकालो लागेको थियो । जसमा २०६ कम्पनीको १ करोड १९ लाख कित्ता खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL