काठमाडौं । अबदेखि लामो तथा मध्यम दुरीका यात्रुबाहक सार्वजनिक यातायात व्यवसायीहरुले अनलाईन टिकट बुकिङको व्यवस्था गर्नुपर्ने भएको छ । टिकट बुकिङ व्यवस्थापनलाई सहजीकरण गर्नेगरी विभागले मध्यम तथा लामो दुरीमा संचालित यात्रिबाहक सार्वजनिक यातायात सेवाको अनलाईन खरिदविक्रीसम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो । विभागले उक्त निर्देशिकामार्फत अब सार्वजनिक यातायात व्यवसायीले आफ्ना ग्राहकहरुका लागि अनलाईनमार्फत टिकट बुकिङका…