Logo

लकडाउनपछी उद्योग व्यवसायमा व्यापक सुधार, ५४ प्रतिशत व्यवसाय पुर्ण सन्चालनमा

लकडाउनपछी उद्योग व्यवसायमा व्यापक सुधार, ५४ प्रतिशत व्यवसाय पुर्ण सन्चालनमा



काठमाडौं । कोरोना महामारी सामान्य भएसँगै उद्योग व्यवसायमा व्यापक सुधार आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ सार्वजनिक गर्दै ५४ प्रतिशत उद्योग, व्यवसाय पुर्ण रुपमा संचालनमा आएको जानकारी दिएको हो ।

यसअघि राष्ट्र बैंकले गत जेठ २६ देखि असार १० सम्म गरिएको एक अध्ययनमा ६१ दशमलव शुन्य ३ प्रतिशत उद्योग व्यवसाय संचालन हुन नसकेको उल्लेख गरेको थियो । यस्तै उक्त अवधिमा ४ दशमलव १ प्रतिशत उद्योग व्यवसायहरु मात्रै पुर्ण रुपमा संचालनमा रहेको समेत प्रतिवेदनमा उल्लेख गरेको थियो ।

हाल त्यसपश्चात महामारीको प्रभाव कम भएको र सोही अनुसार जनजिवनसमेत सामान्य भएको भन्दै पुनः कात्तिक १३ देखि मंसिर २४ सम्म अध्ययन गरेको थियो । जसमा कोरोनाकाल सामान्य भयसँगै ५४ प्रतिशत उद्योग व्यवसाय पुर्ण संचालनमा आएको र २८ दशमलव ७७ प्रतिशत रहेको उत्पादन, कारोबार स्थितिसमेत बढेर ५० दशमलव ५१ प्रतिशत पुगेको जानकारी दिएको हो ।
प्रतिवेदनअनुसार हाल रोजगारीको अवस्थामा समेत सुधार आई ७७ दशमलव ५० प्रतिशतबाट बढेर ८७ दशमलव ५१ प्रतिशत पुगेको छ ।

सरकारले विश्वभर फैलिएको कोरोना महामारीको नेपालमा प्रभाव नियन्त्रण गर्न गत बर्ष चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । करिव ८ महिनापछि खुलेको लकडाउनपश्चात व्यवसायहरु संचालनमा आउन थालेका थिए । सोही कुरालाई मध्येनजर गर्दै राष्ट्र बैंकले पुनरावृत्ति अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL