Logo

कोरोना खोप किन्न सरकारले माग्यो देश तथा बिदेशबाट सहयोग, यसरी दिन सकिन्छ सहयोग (सूचनासहित)

कोरोना खोप किन्न सरकारले माग्यो देश तथा बिदेशबाट सहयोग, यसरी दिन सकिन्छ सहयोग (सूचनासहित)



काठमाडौं । कोभिड–१९ विरूद्धको खोप किन्‍नका लागि नेपाल सरकारले खोप कोषमा योगदान गर्न सार्वजनिक रुपमै आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना निकालेर कोभिड–१९ विरूद्धको खोप किन्‍न ठूलो रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको हो ।

कोरोनाविरूद्धको खोप चाँडो नै बजारमा आउने प्रबल सम्मावना रहेको उल्लेख गर्दै सूचनामा लेखिएको छ–‘सो खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई नि:स्शुल्क वितरण गर्न आवश्यक तयारी भइरहेको छ । ’

कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी निस्शुल्क वितरण गर्न रकमको आवश्यकता परेको सूचनामा उल्लेख छ । खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको सूचनामा उल्लेख छ ।

‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकउले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्छ ‘, सूचनामा छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ ।

कोरोना नियन्त्रण तथा रोकथाम कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने सूचनामा उल्लेख छ । कोरोना खोप खरिदका लागि सरकारले खोप कोष बनाएको छ । खोप किन्न तत्काल ठूलो रकम आवश्यक परेपछि मन्त्रालयले सूचना निकालेर सहयोगका लागि अपील गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL