काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा तरकारीको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ । कालिमाटी तरकारी तथा फलफूल वजार विकास समितिका अनुसार गत जेठ १८ यता स्थानीय काउलीको मूल्य प्रतिकिलो ६० रुपैयाँले बढेको छ । सिजनअनुसार कृषकहरुले तरकारी पर्याप्त मात्रामा उब्जाउन नसकेपछि सिजनमै तरकारीको मूल्य बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अुनसार…